६ लायन्स क्लबको संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न

  २०८१ असोज ४ गते १२:३४     विकासन्युज

काठमाडौं । लायन्स क्लब ३२५ आई अन्तर्गतका ६ क्लबको संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न भएको छ ।

लायन्स क्लब ३२५ आई अन्तर्गतका ६ क्लब लायन्स क्लब अफ काठमाडौं इनोभेसन, लायन्स क्लब अफ काठमाडौं गौरीशंकर, लायन्स क्लब अफ काठमाडौं हेल्पिङ हेण्डस्, लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन, लायन्स क्लब अफ काठमाडौं गणेश हिमाल, र लायन्स क्लब अफ काठमाडौं विष्णुमतीको संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न भएको हो।

कार्यक्रममा ३२५ आईका डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले क्लबका नयाँ पदाधिकारीहरूको शपथ ग्रहण गराएका थिए । आफ्नो सम्बोधनमा ढुंगानाले क्लबका गतिविधिहरूले स्थानीय समुदायलाई सकारात्मक रूपमा प्रभावित गर्दै आएको बताए । त्यस्तै आगामी दिनमा अझ सशक्त रूपमा सेवा कार्यमा जुट्न नयाँ नेतृत्वलाई प्रेरित गरे । साथै, उनले सामाजिक सेवामा लायन्स क्लबको योगदानको चर्चा गर्दै भविष्यका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन सुझाव दिए ।

सो कार्यक्रममा सबै क्लबका प्रेसिडेन्टहरुले गत आर्थिक वर्षमा गरेका कार्यक्रमहरुको वारेमा जानकारी दिनुका साथै आगामी वर्षमा गर्ने कार्यक्रमका बारेमा पनि बताएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएका लायन्स क्लब इन्टरनेशनल फाउण्डेसनका एरिया लिडर राजन लम्साल र विशेष अतिथि इमिडियट पास्ट डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले पनि क्लबहरूलाई सुदृढ नेतृत्व र सामाजिक सेवाको मार्गमा निरन्तर लाग्न प्रेरणा दिएका थिए । कार्यक्रमको क्रममा नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराउनुका साथै, विभिन्न क्लबहरूका चार्टरहरूको हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.