बिआईएसको ‍औपचारिक सुरुवात, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा प्रयोग गरिने

  २०८१ असोज ४ गते १४:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरूको डाटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिने महासंघले जनाएकाे छ ।

यस प्रणालीमा महासंघका सदस्यहरूले समेत प्रयोग गर्न सक्नेगरी सम्पूर्ण सदस्यहरूको जानकारी राखिनेछ । महासंघमा अप्रत्यक्ष-प्रत्यक्ष गरी करिब ६ लाख व्यवसाय आवद्ध छन् । ती सदस्यहरूको विवरण यस प्रणालीमा रहनेछ ।

यसैगरी, नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकताअनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने महासंघले जनाएकाे छ ।

नलेज प्ल्याटफर्मका रूपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकाशन यस प्रणालीमा राखिनेछ, जुन सर्वसाधारणको पहुँचमा रहनेछ ।

यो प्रणालीको उद्घाटन गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए ।

सो बीआईएस पोर्टल नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो ।

राष्ट्रिय वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.