नेशनल लाईफको ‘मिट द सीइओ’ कार्यक्रम सम्पन्न

  २०८१ असोज ४ गते १४:५६     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीइओ’ सम्पन्न गरेको छ ।

मधेश प्रदेशबााट योग्य भएका करिब ३० जना अभिकर्ताहरू, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी सबै अभिकर्ताहरूलाई उनीहरूको लगन परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरेका छन् भने स्किममा व्यवस्था भएअनुरूप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रप्रसाद खत्रीले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए ।

सीईओ खत्रीले अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीइओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरू छनौट भएको जानकारी दिए । उनले मधेश प्रदेशबाट मात्रै ३० जना अभकिर्ताहरू छनौट हुन सफल भएकोले यो योजना अत्यन्तै सफल भएको जानकारी दिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृत रूपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

यस योजनाले अभिकर्ता र सीइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तर्क्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव सहभागीहरूले दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.