२०८१ असोज ४ गते १५:२२ विकासन्युज
काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । १ हजार १२४ पेज रहेको प्रतिवेदन संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो ।
गत भदौ ३१ गते समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभासमक्ष प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई कारबाहीको लागि सिफारिस गरेको छ । प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए ।
भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।
याे पनि: सहकारीमा नक्कली डिभोर्स गरेर अर्बौं ठग्ने सुधीरदेखि धनराजसम्म
Copyright © 2024 Bikash Media Pvt. Ltd.