भीभोको नयाँ फोन ‘भी ४०’ सार्वजनिक, यस्ता छन् विशेषता

  २०८१ असोज ४ गते १६:०९     विकासन्युज

 

काठमाडौं । प्रविधि कम्पनी भीभोले भीभो भी ४० सार्वजनिक गरेकाे छ । शुक्रबार काठमाडाैंस्थित हायात प्यालेसमा एक कार्यक्रमकाे आयाेजना गर्दै नयाँ फाेन सार्वजनिक गरेकाे हाे ।

जाइससँगकाे सहकार्यमा तयार गरिएकाे भीभाे भी ४० ले पाेट्रेट फाेटाेग्राफीलाई थप उचाइँमा पुर्‍याउने कम्पनीले जनाएकाे छ ।

नयाँ फाेनमा ५ हजार ५०० सय एमएएच ब्याट्री रहेकाे छ । भीभो भी ४० मा उच्च थ्रीडी कर्भ स्क्रिनमा १२० हर्जकाे रिफ्रेस रेट रहेकाे छ जसले फाेनलाई आकर्षक र टिकाउ प्रदान गर्ने बताइएकाे छ ।

फाेटाेग्राफीका लागि मात्र नभइ भिडियाेप्रेमीहरूका लागि समेत याे फाेन तयार गरिएकाे हाे । जाइस फाेकस ट्रान्जिसनकाे सुविधाले सिनेमाटिक भिडियाे बनाउन सकिने कम्पनीले जनाएकाे छ ।

फाेनमा ५० मेगापिक्सेलकाे जाइस ओआईएस मेन क्यामेरा रहेकाे छ । प्रस्तुत फाेन भीभाेकाे आजसम्मकै स्लिम फाेन हाे ।

फाेनमा क्वालकम स्न्यापड्रागन ७ जेन ३ रहेकाे छ । भी ४० मा १२ प्लस १२ जिबीकाे र्‍याम उपलब्ध छ ।

नीलाे र सेताे मिसिएकाे चन्द्रमा रंगकाे सेताे र बैजनी रंगकाे नेबुला पर्पल गरी दुई रंगमा माेबाइल उपलब्ध हुने जनाइएकाे छ ।

प्रस्तुत फाेनकाे मूल्य ६५ हजार ९९९ रुपैयाँ रहेकाे छ । प्रिबुक गर्ने ग्राहकहरूले भने एक सेट इयरबड्स र पहिलाे तीन महिना स्क्रिन फेर्न पाउनेछन् । प्रिबुकिङ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४ सम्म मात्र खुला रहनेछ ।

२५ देखि भने देशभरका सबै मुख्य रिटेल स्टाेर र दराजमा पनि उपलब्ध हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.