सानिमाले सिधैं पठायो इकाईधनीको बैंक खातामा लाभांश

  २०८१ असोज ७ गते ७:५०     विकासन्युज

काठमाडौं । सानिमा क्यापिटलले म्युचुअल फण्डको लाभांश इकाईधनीहरूको बैंक खातामा जम्मा गरेको छ । क्यापिटलले सानिमा इक्विटी फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

क्यापिटलले असोज ७ गतेदेखि इकाईधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा लाभांश आईपीएस मार्फत् जम्मा गर्ने जनाएको छ । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई सानिमा इक्विटी फण्डले १५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.