रोयल टुलिपले १८० करोड रुपैयाँ लगानीमा लक्जरी रिसोर्ट बनाउँदै

  २०८१ असोज ७ गते १३:४४     विकासन्युज

काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल टुलिपले काठमाडौंमा आफ्नो लक्जरी रिसोर्ट बनाउने भएकाे छ ।

१८० करोड नेपाली रुपैयाँको लगानीमा रिसाेर्ट निर्माण हुन लागेको हाे ।

२६ रोपनी जमिनमा फैलिएको यो रिसोर्टले ७५ बिस्तारित कोठा, आधुनिक सुविधा र नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने गरी डिजाइन गरिएको छ ।

५०० जनालाई सेवा दिने बैंक्वेट हल, विश्वस्तरीय स्पा, स्टीम रुम, निजी जकुजी, र अन्य सुविधाहरू रिसाेर्टमा उपलब्ध हुनेछन् ।

यो परियोजनाको नेतृत्व अध्यक्ष मुकुन्दराज कुँवर र निर्देशक तथा ग्लोबल इक्विटी फण्ड लिमिटेडका सह-संस्थापक आशिष ढकालले गरेका छन् । रोयल टुलिप सारोवर होटल्सको औपचारिक हस्ताक्षर समारोह भोलि नयाँ दिल्लीमा सम्पन्न हुनेछ ।

सारोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले रिसाेर्ट बन्न लागेकाेमा खुसी व्यक्त गरे । भारत, अफ्रिका, अष्ट्रेलिया, फ्रान्स, र बेलायतमा ४५ वर्षभन्दा बढीको अनुभव सँगालेका बाकायाले सारोवर होटल्सको उल्लेखनीय वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।

रोयल टुलिप बुढानीलकण्ठ रिसोर्टले नेपालको बढ्दो पर्यटन क्षेत्रलाई उल्लेखनीय रूपमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

विश्वस्तरीय सेवा र सुविधाहरूमा केन्द्रित यस रिसोर्टले यस क्षेत्रमा लक्जरी यात्राको लागि एक प्रमुख गन्तव्य बन्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.