अल्टिमाको दशैं अफरमा उपहारै उपहार र छुट

  २०८१ असोज ७ गते १६:२७     विकासन्युज

काठमाडौं । अल्टिमा लाइफस्टाइल, नेपालको अग्रणी एसेसरीज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैंको अवसरमा विशेष छुटकाे घाेषणा गरेकाे छ ।

उक्त अवसरमा अल्टिमाले १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ ।

याे अफर यही असोज ९ देखि असोज २२ (सेप्टेम्बर २५ देखि अक्टोबर ८, २०२४) सम्म चल्नेछ ।

रु एककाे चमत्कार: अफरअन्तर्गत ग्राहकहरूले अल्टिमाका उत्पादनहरू १ रुपैयाँमा किन्न सक्नेछन् । पाँचजना भाग्यशाली खरीदकर्ताहरूले मात्र ultima.com.np मार्फत १ रुपैयाँमा उत्पादनहरू खरिद गर्न पाउनेछन् ।

बाई १ गेट १ फ्री: अल्टिमा एटम १९२ खरिद गर्दा अर्काे अल्टिमा एटम १९२ पाइनेछ । अल्टिमा एटम १९२ काे मूल्य २ हजार ७९९ रहेकाे छ ।

दैनिक पैसा वसुल डिल: यस वर्ष अल्टिमाले ग्राहकहरूलाई ८०% भन्दा बढी छुटको साथ आकर्षक डिल प्रदान गर्दैछ । हरेक दिन १४ डिलहरू उपलब्ध हुनेछ ।

मलामाल कम्बो : ग्राहकहरूले रु ३५,९९९ पर्ने अल्टिमाका नयाँ प्रडक्ट खरिद गर्दा
१९ हजार ९९९ रुपैयाँमा पाउनेछन् ।

साउन्डबार किन्दा इयरबड्स सित्तैमा: वेवबार खरीद गर्ने ग्राहकहरूले अल्टिमा एटम १९२ सित्तैमा पाउनेछन् ।

घडी किन्दा इयरबड्स सित्तैमा: अल्टिमाको घडी किन्दा न्यू अल्टिमा एटम ५२० सित्तैमा पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.