मानसिक स्वास्थ्यमा असर पर्ने खालका सामग्री प्रकाशन प्रसारण नगरिदिन बालबालिकाको अनुरोध

  २०८१ असोज ७ गते १७:५०     विकासन्युज

काठमाडौं । बालबालिकाहरूले आफूहरूको मानसिक स्वास्थ्यमा असर नपर्ने खालका सामाग्री प्रकाशन तथा प्रसारण गरिदिन सञ्चारकर्मीलाई अनुरोध गरेका छन् ।

बालअधिकारसम्बन्धी सञ्चारकर्मीसँग गरिएको एक छलफल कार्यक्रममा बोल्दै उनीहरूले यस्ताे अनुराेध गरेका हुन् ।

अहिले मिडियामा आएका सामग्रीले घरभित्र वा बाहिर असुरक्षित भएको महसुस हुने गरेको बताउँदै उनीहरू घरबाहिर निस्कँदा पनि डराइडराइ जानुपर्ने अवस्थाले बालबालिकामा नकरात्मक असर पारेको बताए ।

विभिन्न समाचारले मानसिक स्वास्थ्यमा असर पसिररहेको बताउँदै उनीहरूले बालप्रतिभा, बालशिक्षा, बालसहभागिता लगायतका विषयलाई जोड दिएर समाग्रीहरू प्रकाशन र प्रसारण गरिदिन अनुराेधसमेत गरे ।

कार्यक्रममा बोल्दै एक बालबालिकाले बालबालिका अहिले पनि बालश्रम, बालशोषणमा परिरहेका बताउँदै बालबालिका सुरक्षित राख्न समाज र अभिभावकलाई सचेत गराउनु पर्ने बताइन् ।

उनले अहिले सबैभन्दा बढी समस्यामा लैगिक तथा यौनिक अल्पसंख्यक बालबालिका रहेको बताउँदै त्यस्ता बालबालिकाहरूका कुरा पनि मिडियामा ल्याइदन आग्रह गरिन् । उनले भनिन्,  ‘हुन त हाम्रा कुरा जति आउनुपर्ने हो त्यति मिडियामा आउँदैनन् । आएका पनि बलात्कारसँग जोडिएका कुराहरूमात्र आउँछन् , अब फरक सामाग्रीहरू बाहिर ल्याइदिनुपर्‍याे ।’

बालबालिकाहरूले पहिले कोपिला , फूलबारी जस्ता विभिन्न पत्रिकाहरू आउने गरेकोमा अहिले सबै बन्द भएको भन्दै पढ्ने खालका कुनै सामग्रीलाई सञ्चारमाध्यमले स्थान नदिएको आराेप लगाए । कार्यक्रममा बोल्दै बालक मनोज भण्डारीले अहिलेका बालबालिकामा विभिन्न किसिमका प्रतिभा हुँदा पनि बाहिर आउने ठाउँ धेरै नभएको बताए ।

उनले विद्यालयमा हुने केही कार्यक्रममा मात्र अवसर पाइरहेको बताउँदै उनले प्रतिभालाई पनि बाहिर ल्याइदिन आग्रह गरे ।

कार्यक्रममा सहभागी पत्रकारहरूले मिडियाले बालबालिकाका स्थान नदिएको स्वीकार गरेका छन् । अहिलेसम्म कुनै पनि मिडियाले बालबालिकाको विषयलाई बिटको रूपमा नलिएको बताउँदै सम्पादकहरूले बालबालिका विषयलाई पन्छाइदिने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.