गरिब देशका मानिसले खान्छन् सबैभन्दा बढी मदिरा, एक व्यक्तिले पिउँछ १५ लिटर

  २०८१ असोज ८ गते १५:२६     विकासन्युज

काठमाडौं । मोल्डोभालाई युरोपको सबैभन्दा गरिब देश मानिन्छ । यस देशमा प्रतिव्यक्ति आय लगभग ४ हजार ५ सय डलर छ । तर, प्रतिव्यक्ति मदिरा खपतका हिसाबले यो देश विश्वमा पहिलो स्थानमा छ ।

पूर्वी युरोपको यो देश कुनै समय सोभियत संघको हिस्सा थियो । यसको क्षेत्रफल ३३ हजार ८ सय ४६ वर्गकिलोमिटर छ र जनसंख्या लगभग २५ लाख छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकले यस देशमा वार्षिक प्रतिव्यक्ति मदिरा खपत १५.२ लिटर रहेको उल्लेख गरेको छ, जुन विश्वमा सबैभन्दा बढी हो ।

प्रतिव्यक्ति मदिरा खपतमा लिथुआनिया दोस्रो स्थानमा छ । यो देशमा हरेक वयस्क मानिसले एक वर्षमा १५ लिटर रक्सी पिउने गरेका छन् । चेक गणतन्त्रमा वार्षिक प्रतिव्यक्ति मदिरा खपत १४.४ लिटर, सेशेल्समा १३.८ लिटर, जर्मनीमा १३.४ लिटर, नाइजेरियामा १३.४ लिटर, लाटभियामा १२.९ लिटर, बुल्गेरियामा १२.७ लिटर, फ्रान्समा १२.६ लिटर र पोर्टमा १२ लिटर रहेको छ ।

त्यसपछि बेल्जियम, रुस, अस्ट्रिया, इस्टोनिया, पोल्याण्ड, स्विजरल्याण्ड, बेलायत, उरुग्वे, फिनल्याण्ड, अष्ट्रेलिया, डेनमार्क, ग्रीस, दक्षिण कोरिया र स्पेन छन् । यी देशहरूमा मदिराको प्रतिव्यक्ति वार्षिक खपत १० लिटरभन्दा बढी छ ।

अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, चिली, दक्षिण अफ्रिका, स्वीडेन, आइसल्याण्ड, क्यानडा, नेदरल्याण्ड, युक्रेन, थाइल्याण्ड, जापान, ब्राजिल, काजाकिस्तान, इटाली, नर्वे, चीन, कम्बोडिया, फिलिपिन्स, मेक्सिको र कोलम्बियामा प्रत्येक वयस्क व्यक्तिले औसतभन्दा ५ लिटर बढी मदिरा खपत गर्छन्।

भारतमा यो ५.७ लिटर छ । इस्लामिक देशहरू यो सूचीको पुछारमा छन् । कुवेतमा रक्सीको खपत शून्य छ । साउदी अरबमा प्रतिव्यक्ति रक्सीको वार्षिक खपत ०.२ लिटर छ भने पाकिस्तानमा ०.३ लिटर छ ।

यस्तै, इजिप्टमा ०.४ लिटर, नाइजरमा ०.५ लिटर, इन्डोनेसियामा ०.८ लिटर, इरानमा १ लिटर, टर्कीमा दुई लिटर, सिङ्गापुरमा २.५ लिटर, युएईमा ३.८ लिटर, उत्तर कोरियामा ३.९ लिटर र भेनेजुएलामा ५.६ लिटर छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.