मेगाटेक ग्रुपले गर्यो लेनोभोका नयाँ उत्पादन सार्वजनिक

  २०८१ असोज ८ गते १७:०३     विकासन्युज

काठमाडौं । नेपालमा लेनाेभाेको नयाँ उत्पादन सार्वजनिक भएकाे छ ।

सन् २०११ देखि आईटी वितरण क्षेत्रमा सक्रिय मेगाटेक ग्रुपले मंगलबार पहिलो काेपाइलट प्लस एआईपीसी याेगा स्लिम ७ एक्स, नयाँ याेगा र लिजिनको श्रृंखला सार्वजनिक गरेकाे हाे ।

कार्यक्रमको मुख्य आकर्षण याेगा स्लिम ७ एक्स थियो जसले उत्कृष्ट ब्याट्री दक्षता र प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

मेगाटेक ग्रुपका सुरेश लोहानीले मेगाटेक ग्रुप आइटी वितरण क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि विश्वासिलो नाम रहेकाे बताए ।

उक्त कार्यक्रममा लेनाेभाेका लागि नेपालमा उत्कृष्ट व्यापार विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने शीर्ष १० साझेदारहरूलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिएकाे थियो ।

लेनाेभाेले एआई समर्थित, एआई-तयार र एआई-अप्टिमाइज्ड उपकरणहरू, इन्फ्रास्ट्रक्चर (सर्भर, स्टोरेज, एज कम्प्युटिङ), सफ्टवेयर र विभिन्न सेवामार्फत १८० देशका बजारमा सेवा दिँदै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.