अधिकांश तरकारीको मूल्य सस्तियो, च्याउ ३७ रुपैयाँले घट्यो

  २०८१ असोज ९ गते ८:२४     विकासन्युज

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

यसअघि ८५ रुपैयाँ रहेको भारतीय गोलभेडा प्रतिकेजी ९५ रुपैयाँ पुगेको छ । लोकल गोलभेडा प्रतिकेजी ३० रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४५.६७ रुपैयाँ तोकिएको छ । रातो आलु ७९ रुपैयाँ, भारतीय रातो आलु ५८.६६ रुपैयाँ, मुडे आलुको ६९ रुपैयाँ तोकेको छ ।

भारतीय प्याज सुकेको ११२.३३ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, तराईको गाजर ११० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराईको बन्दा ३५ रुपैयाँ, स्थानिय काउली ८५ रुपैयाँ, रातो मूला ३१ रुपैयाँ, सेतो मूला (हाइब्रीड) २७.६७ रुपैयाँ तोकिएको छ ।

यस्तै लाम्चो भन्टा २२.३३ रुपैयाँ, डल्लो भन्टा ३२.३३ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, लोकल घिउ सिमी ८५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ८५ रुपैयाँ, टाटे सिमी ९५ रुपैयाँ, भटमासकोशा ५५ रुपैयाँ तोकिएको छ । तितो करेला आज ७५ रुपैयाँ पुगेको छ ।

लौका ३५ रुपैयाँ, लोकल परवर ७५ रुपैयाँ, चिचिण्डो २२३३ पैयाँ, घिरौला ७५ रुपैयाँ, झिगूनी ७५ रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, डल्लो हरियो फर्सी ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, बरेला १२५ रुपैयाँ, पिंडालू ५५ रुपैयाँ, स्कूस २२.३३ रुपैयाँ रहेका छन् ।

रायो साग ६५ रुपैयाँ, पालूगो साग ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, प्याज हरियो १९० रुपैयाँ, च्याउ (कन्य) १८१.६७ रुपैयाँ, च्याउ (डल्ले) ३२३.३३ रुपैयाँ, कुरीलो ४७६.६७ रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, ब्रोकाउली १७५ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ मूल्य तोकिएको छ ।

यसअघि हिजो रायो साग ७५ रुपैयाँ, च्याउ (कन्य) १९० रुपैयाँ, च्याउ (डल्ले) २८६.६७ रुपैयाँ तोकिएको थियो । हिजोको तुलनामा आज रायो साग १० रुपैयाँ र कन्य च्याउ ९ रुपैयाँ र डल्ले च्याउ ३७ रुपैयाँ सस्तिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.