७ अर्ब डलर आर्जन गर्ने भारतीय पर्यटन हुन सकेन ‘बाउन्स ब्याक’, ८ करोडको रोजगारी धरापमा

  २०८१ असोज ९ गते १०:५६     विकासन्युज

काठमाडौं । सन् २०१९/२० अर्थात् कोरोना भाइरस महामारी सुरु हुनुअघि भारतको पर्यटन क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ७ करोड ८९ लाख मानिसलाई रोजगारी प्रदान गरेको थियो ।

तर, अहिलेसम्म पनि भारतको पर्यटन लयमा फर्किन सकेको छैन । यसको कारण हो विदेशी पर्यटक अभाव । पर्यटन क्षेत्रले लय समाउन नसकेपछि यस क्षेत्रका व्यवसायीले सरकारसँग सहयोगको अपिल गरेका छन् ।

कोरोनाअघि भारतमा विदेशी पर्यटक राम्रो संख्यामा आउने गर्दथे । सन् २०१८/१९ सामान्य वर्ष थिए, अर्थात् त्यसबेलासम्म कोरोनाको आइसकेको थिएन ।

सरकारी तथ्यांकअनुसार २०१८ मा १ करोड ५ लाख विदेशी पर्यटक भारत आएका थिए भने २०१९ मा १ करोड ९ लाख पर्यटक भारत आएका थिए ।

त्यस्तै, कोरोना अवधिपछि २०२३ पनि सामान्य वर्ष नै रह्यो । तर, त्यस वर्ष भारतमा ९२ लतख ३६ हजार विदेशी पर्यटकमात्र आएका थिए ।

पर्यटन उद्योगका अगुवाहरू अहिलेको अवस्थामा जसरी बुकिङ भइरहेका छन्, त्यसले यो वर्ष पनि २०१९ को स्तरमा पुग्ने अपेक्षा नगरिएको बताउँछन् ।

विदेशी पर्यटक भारत आए पनि नआए पनि भारतबाट विदेश जानेको संख्या भने लगातार बढिरहेको छ ।

भारतकाे केन्द्रीय पर्यटन मन्त्रालयका अनुसार २०१९ मा २ करोड ६९ लाख भारतीयले विदेश भ्रमण गरेका छन् । २०२३ मा यो संख्या बढेर २ करोड ८२ लाख पुगेको छ ।

उद्योग संगठन फिक्कीको प्रतिवेदनले विदेश भ्रमण गर्ने भारतीयहरूको बढ्दो संख्यालाई ध्यानमा राख्दै भारतको बाहिरी पर्यटन बजार ५५ अर्ब ४० करोड अमेरिकी डलरको हुने जनाएको छ । यो संख्यो वार्षिक ११ प्रतिशतभन्दा बढीको वृद्धि दर्शाउँछ ।

भारतको शीर्ष इनबाउन्ड पर्यटन निकाय (आईएटीओ) ले सरकारसँग सहयोगको अपील गरेको छ ।

पछिल्ला केही वर्षयता भारतीय पर्यटन गन्तव्यका बारेमा कम प्रचारप्रसार भएको आईएटीओको भनाइ छ । वास्तवमा सरकारले यो कामका लागि बजेटको व्यवस्था घटाएको छ ।

यसका साथै देशका टुर अपरेटरले पाउने प्रोत्साहन पनि खारेज गरिएको छ । सरकारले चाहेमा यो सहयोग पुनः सुरु गर्न सक्छ । जसलाई बेलायत, क्यानडा, अमेरिका, जर्मनी, अस्ट्रेलिया, फ्रान्स र रुसजस्ता प्रमुख स्रोत बजारमा प्रवर्द्धनका लागि प्रयोग गर्न सकिने बताइएको छ ।

आईएटीओका अनुसार भारतको पर्यटन र ट्राभल क्षेत्रले २०१९/२० मा ७ करोड ९८ लाख प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना गरेको छ । यो देशमा उपलब्ध कुल रोजगारीको १५.३४ प्रतिशत हो ।

२०२० मा यस क्षेत्रबाट करिब ७ अर्ब डलर विदेशी मुद्रा आर्जन भएको थियो । यतिमात्र होइन, कुल ग्राहस्थ उत्पादन (जीडीपी) को हिसाबले २०१९/२० मा पर्यटनले ५.१९ प्रतिशत प्रत्यक्ष-अप्रत्यक्ष योगदान गरेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.