‘सबै लगानीकर्ता मिलेर सेयर बजारमा सुझबुझ ढंगबाट कारोबार गरौं’

  २०८१ असोज ९ गते १४:३७     विकासन्युज

काठमाडौं । लगानीकर्ताहरूले सेयर बजारलाई प्राकृतिक ढंगले सञ्चालक हुन दिन माग गरेका छन् ।

जनरल इन्भेस्टर एसोसिएन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

विगत केही दिनदेखि नेपालको पुँजी बजार दिनानुदिन अप्राकृतिक तवरबाट लगातार घटाइएकोमा उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

पुँजी बजार यसरी अप्राकृतिक ढंगबाट घट्नुपर्ने कुनै मौलिक तथा तथ्यपरक आधारहरू नरहेको उनीहरूको भनाइ छ । ‘यस सम्बन्धमा लगानीकर्ताहरूले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्जमा आफ्ना गुनासा राखिसकेकोले तत्काल छानबिन गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट सञ्चालन गर्न र आमलगानीकर्ताको अधिकारको सुनिश्चितता गर्न नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्नसमेत उनीहरूले आग्रह गरेका छन् ।

‘आमलगानीकर्ता कसैको लहलहमा नलागी सुझबुझ ढंगबाट कारोबार गर्न र पुँजीबजार सुधारका लागि एकजुट भएर अगाडि बढ्नसमेत अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.