आज सेयरधनी बने यी ६ कम्पनीको लाभांश पाइने

  २०८१ असोज १० गते ७:१४     विकासन्युज

काठमाडौं । आज असोज १० गते ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सानिमा रिलायन्स लाइफ, साहस उर्जा, एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

लाभांश वितरण प्रयोजनार्थ एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ ले भोली अर्थात असोज ११ गते बुकक्लोज गर्दैछन् । यस्तै साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सानिमा रिलायन्स लाइफले असोज ११ गते र साहस उर्जाले असोज १३ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले लाभांश प्रापत गर्नेछन् ।

इकाईधनीहरूलाई एनएमबि फिप्टीले १५ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १० प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत नगद लाभांश वितरण गर्नेछन् ।

सानिमा रिलायन्स लाइफले चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशतका दरले ७६ करोड ९० लाख ६५ हजार रुपैयाँ बोनस सेयर वितरण गर्नेछ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान ११ बज अनमोल बैंक्वेट नयाँ बानेश्वर काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै साहस उर्जाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत अर्थात् १ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गते कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.