२०८१ असोज १० गते ८:३० विकासन्युज
काठमाडौं । मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयरको लकइन अवधि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि कात्तिक ११ गते समाप्त हुने जनाएको छ ।
संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषमा जम्मा गरेका सञ्चयकर्ता कमर्चारीहरू, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरू, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरू, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरू र कम्पनीका कर्मचारीहरूको गरी कुल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लइकन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार संस्थापक सेयरधनीको ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा जम्मा गरेका सञ्चयकर्ता कमर्चारीहरूको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरूको २१ लख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरूको ६० लाख र कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.