मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा, ५ प्रतिशत बोनस सेयर

  २०८१ असोज १० गते १०:०२     विकासन्युज

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने अध्यक्ष शरद कुमार दाहालले जानकारी दिए ।

यसअघि आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.