दराज नेपालको दशैं धमाका क्याम्पेन: ७०% सम्म छुट, फ्री डेलिभरी र प्रिपेमेन्टमा छुट सुविधा

  २०८१ असोज १० गते १९:२४     विकासन्युज

काठमाडौं । दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दै बहुप्रतीक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ ।

यस अभियानअन्तर्गत उपभोक्ताले ७०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा २ हजार रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नसक्ने दराजले जनाएकाे छ ।

अभियान असोज ११ गतेदेखि कार्तिक १ सम्म चल्नेछ । साथै, क्याम्पेनमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्नेछन् ।

त्यसैगरी, अन्य तीन जनाले सेटाफिलका तर्फबाट १० हजार रुपैयाँ बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

क्याम्पेन अवधिभर डेबिट कार्डमार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १ हजार ५ सय रुपैयाँसम्म १५% छुटको मजा लिन सक्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गर्नेहरूले २ हजारसम्म २०% सम्मको छुटबाट लाभ उठाउन सक्नेछन् ।

यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुनेछ ।

त्यसैगरी ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५% छुट सुविधा पाउनेछन् । खरिदकर्ताहरूलाई दराज भाउचरहरू प्रयोग गरी कुल २ करोड सम्मको छुट पाउन सकिने सुविधाका साथै आफ्ना खरिदमा फ्ल्याट १० हजार छुट प्राप्त गर्ने अवसरसमेत उपलब्ध गरिनेछ ।

‘फ्री डेलिभरी’ सुविधाको उपभोग गर्न दराज एपको होमपेजमा रहेको ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.