सूर्योदय वोमी लघुवित्तका सेयरधनीले बोनस सेयरमा लाग्ने कर आफैं तिर्नुपर्ने

  २०८१ असोज ११ गते ८:२८     विकासन्युज

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले वितरण गरेको बोनसमा लाग्ने कर सेयरधनीले तिर्नुपर्ने भएको छ । लघुवित्तले वितरण गरेको बोनस सेयरको कर सेयरधनी आफैंले तिर्नु पर्ने जनाएको हो ।

लघुवित्तको गत साउन ३२ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयरमा लाग्ने कर रकम बुझाउन लघुवित्तले अनुरोध गरेको हो ।

लघुवित्तको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकको शाखा कार्यालयमा गएर करबापतको रकम बुझाउनुपर्नेछ । बुक क्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरूको बोनस सेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा पठाईने लघुवित्तले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.