२०८१ असोज ११ गते १३:२५ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा जीवन बीमा कम्पनीहरूले ३० अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । १४ जीवन बीमा कम्पनीले साउन र भदौमा ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यो अवधिमा ९ वटा कम्पनी अर्ब क्लबमा प्रवेश गरेका छन् । अर्थात ९ कम्पनीले एक अर्ब बढी बीमाशुल्क संकलन गरेका हुन् ।
बीमाशुल्क संकलनमा नेपाल लाइफ अग्रस्थानमा रहेको देखिन्छ । नेपाल लाइफले दुई महिनाकाे अविधमा ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकाे छ । साथै नेशनल लाइफले ३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले ३ अर्ब ३० करोड ७५ लाख र हिमालयन लाइफले ३ अर्ब १० करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यसैगरी, सूर्यज्योति लाइफले १ अर्ब ८४ करोड ५७ लाख, एशियन लाइफले १ अर्ब ४७ करोड २० लाख, सिटिजनल लाइफले १ अर्ब १२ करोड ७८ लाख, सानिमा रिलायन्स लाइफले १ अर्ब १० करोड ६४ लाख र राष्ट्रिय जीवन बीम कम्पनीले १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे ?
Copyright © 2024 Bikash Media Pvt. Ltd.