आरटीजीएस कारोबार साढे ६७ प्रतिशतले बढ्यो, कुन माध्यमबाट कति कारोबार ?

  २०८१ असोज १३ गते ११:४१     विकासन्युज

काठमाडौं । साउनमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत् हुने कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा ७४ हजार ३८० जनाले आरटीजीएसमार्फत् एक सय खर्ब बढी रुपैयाँ बराबरको कारोबार गरेका हुन् । गत असारमा ८१ हजार ६०५ जनाले ६४ खर्ब ५१ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । साउनमा कारोबार गर्ने संख्या घटेको छ भने कारोबार रकम भने बढेको देखिन्छ ।

यस्तै, गत साउनमा १ करोड १३ लाख १६ हजार ५२० जनाले ८७ अर्ब ८७ करोड रुपैयाँ एटीएमबाट पैसा झिकेको राष्ट्र बैंकले जनाएको छ । गत असारमा भने १ करोड १२ लाख १६ हजार ३० जनाले ९१ अर्ब २६ करोड रुपैयाँ एटीएमबाट पैसा झिकेका थिए ।

त्यस्तै, साउनमा कनेक्ट आइपीएस गर्नेहरूको संख्या र कारोबार रकम पनि घटेको देखिन्छ । साउनमा ६८ लाख ४४ हजार ६८७ जनाले ५ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार कनेक्ट आइपीएसबाट गरेका छन् । गत असारमा ७७ लाख ८७ हजार २८२ जनाले ६ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ कारोबार कनेक्ट आइपीएसबाट गरेका थिए ।

त्यस्तै, गत साउनमा इन्टरनेट बैंकिङ गरेर ४ लाख ९ लाख ६५ जनाले २२ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । गत असारमा ३ लाख ५१ हजार ३०१ जनाले इन्टरनेट बैंकिङ प्रयोग गरेर १७ अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेका छन् ।

त्यस्तै, मोबाइल बैंकिङ प्रयोग गरेबापत साउनमा ४ करोड ७४ लाख ६० हजार २४५ कारोबार हुँदा ३ खर्ब ७७ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । गत असारमा ४ करोड ५६ लाख ६९ हजार ३०१ पटक कारोबार हुँदा ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, वालेटबाट साउनमा ३ करोड ८ लाख ७८ हजार ९४० पटक कारोबार हुँदा ४३ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ । गत असारमा ३ करोड २१ लाख ५ लाख ९१७ पटक कारोबार हुँदा ३८ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

साउनमा क्यूआरमा आधारित भुक्तानी २ करोड २९ लाख ३४ हजार ६२७ पटक हुँदा ६२ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ । जबकि असारमा २ करोड ८ लाख २५ हजार ६१५ पटक क्यूआरमा आधारित भुक्तानी हुँदा ६१ अर्ब ७३ करोड रुपैयाँ कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.