२०८१ असोज १३ गते १२:५० विकासन्युज
काठमाडौं । माउन्टेन इनर्जी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दामोदर श्रेष्ठले राजीनामा दिएका छन् ।
असोज ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनकाे राजीनामा स्वीकृत गरेको छ ।
मंसिर १ गतेबाट लागु हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत गरिएको कम्पनीका सचिव समबहादुर भट्टले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.