सानिमा बैंकले पायो आइटी सेवाका लागि आईएसओ प्रमाणपत्र

  २०८१ असोज १३ गते १३:४४     विकासन्युज

काठमाडौं । सानिमा बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आइटी सेवाका लागि प्रतिष्ठित आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ ।

बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएकाले याे प्रमाणपत्र प्राप्त गरेकाे जनाएकाे छ ।

आईएसओ २७००१:२०२२ प्रमाणीकरण प्रक्रियाले बैंक सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) मा कति कडा छ भन्ने मूल्यांकन गरेकाे जनाइएकाे छ ।

मूल्यांकन एएमटीआईभीओ समूहले गरेकाे थियाे ।

बैंक यसको सूचना सुरक्षा मापदण्डहरू कायम राख्न र सुधार गर्न समर्पित रहने पनि बैंकले उल्लेख गरेकाे छ ।

सानिमा बैंकले ७ वटै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.