२०८१ असोज १३ गते १४:०८ विकासन्युज
काठमाडौं । काठमाडौंको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैंतिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ ।
याेजनाअन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरूले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ ।
मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२० रुपैयाँ ज्याला मात्रै लाग्ने छ । सामान्यतया, चाँदीका भाडावर्तनमा प्रतितोला २ सय रुपैयाँ ज्याला लाग्ने गर्दछ ।
२ महिने यस योजनामा बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले आइफोन १६ जित्ने मौका पनि पाउनेछन् । यसका लागि २ महिनामा कम्तीमा २ पटक गरगहना खरिद गरेको हुनुपर्नेछ ।
२ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत विजेता छनोट गरिने ज्वेलरीका संस्थापक स्किनर रसाइली बताउँछन् ।
यस्तै, प्रत्येक महिना १ जोडी (दम्पती)लाई लक्की ड्रमार्फत चितवन वा पोखराको टूर प्याकेज उपलब्ध गराइनेछ । यसअन्तर्गत २ महिनामा २ दम्पत्तिले यो अफर पाउनेछन् ।
यस्तै, प्रत्येक महिना १ दम्पत्तिलाई लक्की ड्रमार्फत नै पाँचतारे होटलमा ‘वान नाइट स्टे’समेत प्रदान गरिनेछ । २ महिनासम्म चल्ने यस अफर योजनाअन्तर्गत २ महिनामा २ दम्पत्तिले यो मौका पाउनेछन् ।
यसैगरी, प्रत्येक महिना प्रतिष्ठित नेपाली जुत्ता ब्राण्ड ‘योलो’को तर्फबाट २ जना सेवाग्राहीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।
ह्वाइट फेदर्स ज्वेलरीले हरेक हप्ता ग्राहकहरूले विभिन्न उपहार जित्ने स्किम पनि सँगसँगै ल्याएको छ । यसअन्तर्गत २ महिनासम्म हरेक हप्ता एक एक जनाले ‘गिगी मेकअप स्टुडियो’को तर्फबाट १० हजार बराबरको ‘हाइड्रो फेसीयल’ गर्न पाउनेछन् ।
यस्तै, प्रत्येक हप्ता एक जनाले स्कुटर ब्राण्ड भेष्पाको आधिकारिक विक्रेता डेल्टा अटोकर्पको तर्फबाट आकर्षक ‘गिफ्ट ह्याम्पर’ पाउनेछन् । साथै यसअन्तर्गत नै ह्वाइट फेदर्स ज्वेलरीबाट गरगहना किनेका ग्राहकहरूले भेष्पा स्कुटर खरिदमा आकर्षक छुट पनि प्राप्त गर्नेछन् ।
यी सबै उपहार योजना सबै खालका गरगहना खरिदमा लागू हुनेछन् ।
काठमाडौंको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरूको सेवामा समर्पित छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.