सर्‍यो शैक्षिक मेला, अब १६ गते हुने

  २०८१ असोज १३ गते १६:४३     विकासन्युज

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले असोज १३ गते (आइतबार) आयोजना गर्ने भनिएको शैक्षिक मेला अब १६ गते अर्थात बुधबार गरिने भएको छ ।

११ र १२ गते उपत्यका लगायत देशैभरि परेको अविरल वर्षाका कारण मेला आयोजना गर्न नसकिएको बताउँदै इक्यानले १६ गते आयोजना गर्ने बताएको हाे ।

यस अगाडि पत्रकार सम्मेलन गर्दै इक्यानले काठमाडौंको एभरेष्ट होटलमा यही असोज १३ गते ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ गर्ने जनाएको थियो ।

अभिभावक र विद्यार्थीलाई शिक्षासम्बन्धी सही जानकारी र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो ।

मेलामा भारत, चीन, बंगलादेश, श्रीलंकालगायत विभिन्न देश तथा स्वदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.