२०८१ असोज १४ गते ७:२९ विकासन्युज
काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकका अनुसार संस्थापकको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने छन् ।
इच्छुकले ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । यदि ३५ दिनभित्र संस्थापकले आवेदन नदिएको खण्डमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.