मनसुन बाहिरिन अझै एक साता लाग्ने, ठूलो वर्षाको सम्भावना कम

  २०८१ असोज १४ गते १२:३३     विकासन्युज

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार मंगलबार, बुधबार र बिहीबार सामान्यदखि मध्यम वर्षाको सम्भावना रहेको हाे ।

कोशी प्रदेशको विभिन्न भू-भाग र अन्य प्रदेशको पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार मनसुन बाहिरिन अझै एक साता लाग्ने छ । औषतमा अक्टोबर २ तारिखाई मनसुन बहिर्गमनको मिति मानिन्थ्यो । तर, यस वर्षभने सो दिनभित्र मनसुन बाहिरिने सम्भावना छैन । अक्टोबर ७ तारिखसम्म मनसुन जारी रहने र ठूलाे वर्षा हुने सम्भावना नरहेकाे महाशाखाले जनाएको छ ।

यस वर्ष जुन १० तारिखदेखि मनसुन सुरु भएको थियो । औषतमा जुन १३ तारिखलाई मनसुन भित्रिने मिति मानिन्थ्यो । यसरी हेर्दा यो वर्ष मनसुन अवधि एक साताभन्दा धेरै रहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.