हेडक्वाटर तानिए धादिङका प्रहरी प्रमुख, सीडीओ पनि फेरिए

  २०८१ असोज १४ गते १२:२५     विकासन्युज

काठमाडौं । बाढी पहिरोजन्य विपत्तिका बेला काम सन्तोषजनक नभएको भन्दै प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ पठाइएको छ ।

यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो । धादिङको प्रमुख जिल्ला अधिकारी बनाएर गृहमन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद पाण्डे पनि मन्त्रालय तानिएका छन् । उनको ठाउँमा उमेश ढकाललाई पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.