भदौमा १ अर्ब २१ करोड बढीको बीमा सरेण्डर, कुन कम्पनीबाट कति ?

  २०८१ असोज १४ गते १३:०४     विकासन्युज

काठमाडौं । भदौ महिनामा ९ हजार ४४९ जना बीमितले बीमा सरेण्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार उक्त बीमितले १ अर्ब २१ करोड २२ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका हुन् ।

लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)मा बीमा गरेका बीमितले धेरै सरेण्डर गरेका छन् । एलआईसीका ३ हजार ३ सय ८ जना बीमितले ३५ करोड ८१ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका हुन् । यसैगरी, नेपाल लाइफका २ हजार ६८ जना बीमितले ३३ करोड ११ लाख बढीको बीमा सरेण्डर गरेका छन् ।

राष्ट्रिय जीवन बीमा कम्पनीका १ हजार १० जना बीमितले १० करोड ५८ लाख, एशियन लाइफका ८८१ जना बीमितले ७ करोड ९६ लाख, नेशनल लाइफका ५९३ जना बीमितले ८ करोड ३४ लाख, सूर्यज्योति लाइफका ६१६ जना बीमितले ७ करोड ३८ लाख र हिमालयन लाइफका ५८९ जना बीमितले ५ करोड ७२ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका छन् ।

बीमा सरेण्डर कम हुने कम्पनीमा सन नेपाल परेको छ । सन नेपालका ५९ जना बीमितले मात्र बीमा सरेण्डर गरेका छन् । बीमा सरेण्डरबापत सन नेपालबाट ५७ लाख रुपैयाँ बाहिरिएको छ ।

हुन कम्पनीबाट कति सरेण्डर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.