नेक्सजेन म्यानेजमेन्टको साधारण सभा असोज १९ गते, यस्ता छन् एजेण्डा

  २०८१ असोज १४ गते १३:१५     विकासन्युज

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले असाेज १९ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । काठमाडौंको होटल यलो प्यागोडामा वार्षिक साधारण सभा हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले नियमितको साथै विशेष प्रस्ताव पास गर्ने जनाएको छ।

व्यवस्थापन र सल्लाह सेवा दिने गरी पूर्वबैंकरले सात वर्ष अगाडि नेक्सजेन स्थापना गरेका थिए । तर विविध कारणले २०८१ वैशाख एक गतेबाट मात्र कम्पनीले नियमित कारोबार सञ्चालन गरेको थियो । कम्पनीको सुरुआती संस्थापकमा बीएन घर्ती, बलराम बिष्ट, रमेशकुमार भट्टराई, चन्द्र भट्ट, सुरेश सापकोटा, बिनय उपाध्याय र कमल पन्थी थिए ।

कम्पनीका अनुसार साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को वित्तिय विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने र नयाँ सञ्चालक समितिको मनोनयन गर्ने प्रस्ताव पेस हुनेछ ।

त्यसैगरी विशेष प्रस्तावअन्तर्गत नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटी सोलुसन्स रहने गरी कम्पनीको नाम परिवर्तन गर्ने, सोही बमोजिम उद्देश्य र गर्ने काम संशोधन गर्ने, जारी र चुक्ता पुँजी वृद्धि गर्ने तथा समान प्रकृतिको कम्पनीसँग मर्जर तथा एक्विजिसन गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ ।

कम्पनीले कारोबार प्रारम्भ गरेपछि साना ठूला उद्याेगपति व्यवसायीकाे कम्पनीप्रति आकर्षण बढेको थियो । लगानी सम्मेलनमा कोरियन कम्पनीले विदेशी लगानि ल्याउन नेक्सजेनसँग समझौता पनि गरेको थियो ।

यसरी कम्पनीले सञ्चालनको ३ महिनामा पाँच प्रतिशत लाभांश दिन सफल भएपछि नेक्सजेन म्यानेजमेन्टले कारोबार बिस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

कम्पनीले छिट्टै नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट, प्राईभेट ईक्विटी र भेन्चर क्यापिटल सम्बन्धी काम, सल्लाहकार सेवा र सीमित मात्रामा केही संस्थाको सम्पति व्यवस्थापन सम्बन्धी काम पनि गर्ने कार्यक्रम बनाएको कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.