सेयर बजारमा ४४ अंकको वृद्धि, कारोबार रकममा भने गिरावट 

  २०८१ असोज १४ गते १५:३७     विकासन्युज

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ । लामो समयदेखि ओरालो लागिरहेको बजारमा सोमबार भने ४४ अंकको वृद्धि भएको छ ।

यस दिन नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८. ८६ को विन्दुमा पुगेको छ । सोमबार ३१९ कम्पनीका ५० हजार ६ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँ मात्र रहेको छ ।

आइतबारको तुलनामा सोमबार कारोबार रकम घटेको छ । आइतबार ४ अर्ब ५ करोड ५ लाख कारोबार रकम रहेको थियो । सोमबार २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ भने १ को स्थिर रहेको छ ।

यस दिन म्युचुअल फन्ड सामान्य घट्दा अन्य १३ उपसमूहमा हरियाली देखिएको छ । सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सर्वाधिक कारोबार पनि सोही कम्पनीको भएको छ ।

यस्तै यस दिन एनएलजी इन्स्योरेन्सको मूल्य ४.६ प्रतिशत घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.