दूरसञ्चार प्राधिकरणलाई ६१ कम्पनीले टेरेनन्, तत्काल ४ प्रतिशत रोयल्टी तिर्न ताकेता

  २०८१ असोज १५ गते ९:०२     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी वापतको रकम र ग्रामीण दूरसंचार विकास कोष वापतको रकम भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशन गरी विभिन्न ६१ वटा कम्पनीलाई असोजभित्र सो रकम भुक्तानी गर्न ताकेता गरेको हो ।

प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवर र सो विवरण अनुसार बुझाउनुपर्ने कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत रकम ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम छुट्याउनु पर्ने हुन्छ । यसअघि गत पुसभित्र उक्त रकम बुझाउन ताकेता गरेको भएपनि हालसम्मपनि दाखिला नगरेको प्राधिकरणले जनाएको छ ।

त्यसैले सेवाप्रदायक ६१ कम्पनीले आर्थिक वर्ष २०७९/८० मा आर्जन गरेको कूल आम्दानीको रोयल्टी र कोष वापतको रकम र वित्तीय विवरण सहित बुझाउन प्राधिकरणले निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.