पोखरामा सुरु भयो एमएडब्लु वृद्धि ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

  २०८१ असोज १५ गते १६:०७     विकासन्युज

पोखरा । दिपल, सेरेस र नामी इभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ सुरु गरेको छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा सोमबारबाट सुरु ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ बुधबारसम्म चल्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन् । जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने कम्पनीले बताएको छ ।

दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउने कम्पनीको भनाई छ । यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभ गर्नुहुनेले ‘फुडस्टल’ र ‘म्युजिक’को मज्जा लिन सक्ने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.