एक रुमको अपार्टमेन्टबाट देसाईले बनाए १० हजार ४६ करोडको सम्पत्ति

  २०८१ असोज १६ गते १२:०३     विकासन्युज

दिल्ली । गुजरात स्टेटकाे सूरतका सबैभन्दा धनी व्यक्ति अश्विन देसाईको कथा प्रेरणाले भरिपूर्ण छ । कुनै समय उनी एउटा रुम भएको अपार्टमेन्टमा बस्थे । आज उनको कुल सम्पत्ति १० हजार ४६ करोड भारु छ ।

देसाई इथर इन्डस्ट्रिजका संस्थापक हुन् । उनले सन् २०१३ मा यस कम्पनीको बीजाराेपण भएकाे थियाे । साेही कम्पनीले उनलाई अर्बपति बनाएको छ । आउनूहोस्, उनको सफलताको यात्राको बारेमा छाेटकरीमा चर्चा गरौं :

२०१३ मा कम्पनीकाे सुरुवात

देसाईले २०१३ मा इथर इन्डस्ट्रिजको स्थापना गरेका थिए । आज यो कम्पनी कृषि रसायन, औषधि, तेल र ग्यासजस्ता उद्योगहरूमा विशेष रसायन आपूर्ति गर्ने प्रमुख कम्पनी बनेको छ । इथरको गुजरातमा दुईवटा कारखाना छन् । उनका छोराहरू रोहन र अमनले व्यवसाय सञ्चालन र प्राविधिक पक्षहरू सम्हाल्छन् ।

यससँगै देसाईकी पत्नी पूर्णिमा बोर्डकी सदस्य हुन् । जुन २०२२ मा देसाईले आफ्नो कम्पनीलाई पब्लिक बनाएर १०.३ करोड डलर उठाए । कम्पनीको सेयर १० प्रतिशत प्रिमियममा शेयर बजारमा सूचीकृत भएको थियो । यसले देसाईलाई अर्बपति बनायाे ।

१९७६ बाटै यात्रा सुरु

देसाईको उद्यमी यात्रा १९७६ मा सुरु भएको थियो । त्यसपछि उनले आफ्नाे ज्वाइँसँग विशेष रसायन व्यवसाय सुरु गरे । फोर्ब्सको रिपोर्टका अनुसार देसाई आफ्नी आमासँग सुरत गएका थिए, जहाँ उनका ज्वाइँ बस्थे। देसाईकाे मन आफ्नाे केही गर्ने दृढ संकल्प थियो । उनले सुरुदेखि नै आफ्नो व्यवसाय सुरु गरेका थिए । उनका ज्वाइँलाई पनि केमिकल उद्योगको बारे कुनै ज्ञान थिएन ।

एउटा रुमकाे अपार्टमेन्ट

सुरतमा एक रुमको अपार्टमेन्टमा बस्दा देसाईले सहरको बाहिरी भागमा एउटा इनारसहितको सानो खेत भाडामा लिएका थिए । यहाँ उनले सल्फ्युरिल क्लोराइड उत्पादन सुरु गरे । यो एक धेरै खतरनाक अकार्बनिक कम्पाउन्ड हो । त्यो बेला याे भारतमा आयात भइरहेको थियो । याे केमिकलले डाई र औषधी उद्योगमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

बिस्तार हुँदै काराेबार

आफ्नो व्यावसायिक सफलता बाहेक देसाई पौडी र कवितामा निकै रुचि राख्छन् । इथर इन्डस्ट्रीज अझै विस्तार भइरहेको छ । कम्पनीले सुरतमा अर्को कारखानाको खाेल्नका लागि जग्गा हेरिसकेकाे छ ।

सूरतका दोस्रो धनी व्यक्ति फारुक जी पटेल हुन् । उनको कुल सम्पत्ति ९ हजार ७ सय करोड भारु छ । पटेल केपी ग्रुपका मालिक हुन् । यो समूह हरित ऊर्जा क्षेत्रमा काम गर्दछ ।

एनजे इन्डिया इन्भेष्टमेन्टका नीरज चोक्सी सूरतका अर्बपतिहरूमध्ये तेस्रो स्थानमा छन् । उनी ९ हजार ६ सय करोड रुपैयाँको सम्पत्तिका मालिक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.