धमाधम नेपाल आउन थाले श्रीलंकाली, घटे भारतीय पर्यटक

  २०८१ असोज १६ गते १३:४१     विकासन्युज

काठमाडौं । सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजारभन्दा धेरै पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डकाे तथ्यांकअनुसार हवाई मार्ग भएर ९६ हजार ५ सय ५ जना पर्यटक नेपाल घुम्न आएका हुन् । २०२३ को सेप्टेम्बर महिनामा ९१ हजार १२ जना मात्र पर्यटक आएका थिए ।

सेप्टेम्बर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट मात्रै २२ हजार ९ सय ८४ पर्यटकले  नेपाल घुमेका छन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष १९.९ प्रतिशतले भारतीय पर्यटक आगमन घटेको छ । वर्षायाममा धेरै प्राकृतिक विपत्ति र सडक दुर्घटनाका कारण भारतबाट नेपाल भ्रमण आउने भारतीय पर्यटक संख्यामा ठूलो गिरावट आएको छ ।

भारतीय पर्यटक दुर्घटनामा परेपछि यसको असर पर्यटक आगमनमा परेकाे हाे ।

युएईबाट सेप्टेम्बर महिनामा १० हजार ८४, चीनबाट ८ हजार ४२, अष्ट्रेलियाबाट ५ हजार  ३८ र श्रीलंकाबाट ४ हजार ९ सय १५ पर्यटक नेपाल आएका छन् । नेपाल र कोलम्बो सिधा उडानका कारण श्रीलंकाली पर्यटक आगमनमा वृद्धि भएको हो ।

यस्तै,  युकेबाट ४ हजार ४ सय ९३ र बङ्गलादेशबाट ४ हजार १ सय ३, जर्मनीबाट २ हजार ७ सय ४, कोरियाबाट २ हजार ३ सय १५ र मलेसियाबाट २ हजार २ सय ८० जना पर्यटक सेप्टेम्बर महिनामा नेपाल घुम्न आएका छन् ।

सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ६ सय ३९ पर्यटक नेपाल आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.