पाथीभराको नाममा सहयोग संकलन रोक्न प्रशासनलाई आग्रह

  २०८१ असोज १६ गते १४:५९     विकासन्युज

फुङ्लिङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग संकलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ । क्षेत्र विकास समितिले मंगलबार पत्र पठाइ सहयोग संकलननबारे निगरानी गर्न अनुरोध गरेको हो ।

समितिका अध्यक्ष रक्की थेबेले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाइ पाथीभराको नाममा आर्थिक सहयोग संकलनको गलत अभ्यास भइरहेको जानकारी गराएको छ । पत्रमा मोरङ जिल्लामै पाथीभरा मन्दिर निर्माण गर्ने भनी अवैध रूपमा सहयोग संकलन भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ ।

यस किसिमको कार्यले जनमानसमा भ्रम फैलाउनुका साथै आर्थिक अनियमितताको खतरासमेत रहेको समितिको भनाइ छ । समितिले पाथीभराको नाममा भइरहेका यस्ता गतिविधि तुरुन्त रोक्न जिल्ला प्रशासन मोरङलाई आग्रह गरेको हो । स्थानीय तह र सम्बन्धित निकायको सहकार्यमा यस्ता कार्यको छानबिन गरी रोकथाम गर्न र दोषीमाथि कारबाही गर्न समितिको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.