जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्सले ७० प्रतिशतसम्म कर्जा दिने

  २०८१ असोज १६ गते १६:३६     विकासन्युज

काठमाडौं । जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले ७० प्रतिशतसम्म कर्जा दिने भएको छ ।

नेपालका लागि जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत विक्रेता पूजा कन्स्ट्रक्सन नेपाल र रिलायन्स फाइनान्सबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा पूजा कन्स्ट्रक्सन नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतापश्चात यी दुवै ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकले रिलायन्सबाट सजिलैसँग ७० प्रतिशतसम्म कर्जा पाउनेछन् ।

फाइनान्स कम्पनीले आकर्षक र प्रतिस्पर्धी ब्याजदर, लचिलो ऋण अवधिका साथै सम्पूर्ण प्रक्रियामा व्यक्तिगत परामर्शसमेत दिनेछ ।

यो सहकार्यले जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय सवारीसाधन किन्न चाहने ग्राहकलाई थप सुविधा हुने जनाइएकाे छ । ७० प्रतिशतसम्मको कर्जा सुविधाले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिइएकाे छ ।

हायर पर्चेज शीर्षकको उक्त कर्जा ग्राहकले रिलायन्स फाइनान्सको काठमाडौं उपत्यकाको हकमा सीतापाइला शाखाबाट र उपत्यकाबाहिरको हकमा सबै शाखाबाट लिन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

पूजा कन्स्ट्रक्सन विशाल ग्रुपअन्तर्गतको कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.