देशभरका कम्प्युटर क्लबकाे सहकार्यमा ‘लर्निङ उत्सव’को आयोजना गरिँदै

  २०८१ असोज १७ गते ११:०७     विकासन्युज

काठमाडौं । कान्तिपुर इन्जिनियरिङ कलेजले दशैंतिहार बिदामा ‘लर्निङ उत्सव’ अभियान आयोजना गर्ने भएको छ ।

कान्तिपुर इन्जिनियरिङ कलेजको केईसी इलेक्ट्रोनिक्स क्लबको नेतृत्वमा कम्प्युटर क्लब र देशभरका दर्जनभन्दा बढी क्लबहरूको सहकार्यमा ‘लर्निङ उत्सव’ नामक विशेष कार्यक्रम आयोजना गरिने बताइएको छ ।क

यो कार्यक्रम घटस्थापनादेखि भाइटीकासम्म अर्थात् ३२ दिनसम्म सञ्चालन हुनेछ, जहाँ सहभागीहरूले ३० दिनसम्म लगातार आफ्नो सीप अभिवृद्धि गर्नेछन् ।

आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीहरूलाई बिदाको समयमा केही समय छुट्याएर नयाँ र उपयोगी सीप सिक्न प्रोत्साहित गर्नेछ ।

पाँच प्रमुख विधामा आधारित यो उत्सवमा इलेक्ट्रोनिक्स, क्लाउड कम्प्युटिङ, एआई र डाटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट, र साइबर सेक्युरिटी समावेश गरिएको छ, जसले उनीहरूको भविष्यलाई सशक्त बनाउन मद्दत पुर्‍याउनेछ ।

यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको लामो बिदालाई थप फलदायी बनाउनु र उनीहरूलाई नयाँ सीप सिक्न प्रेरित गर्नु हो ।

केईसी इलेक्ट्रोनिक्स क्लबका अनुसार, यस पहलले विद्यार्थीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा सघाउ पुर्‍याउनुका साथै केही समय छुट्याएर नयाँ कुरा सिक्न सकिने वातावरण बनाउने आयोजकले बताएको छ ।

निरन्तर लगनशीलताका साथ ३० दिनको चुनौती पूरा गर्ने सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । साथै, उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक उपहार र पुरस्कार पनि दिइने आयोजकको भनाइ छ ।

कार्यक्रम घटस्थापनादेखि सुरु भए तापनि, इच्छुक सहभागीहरूले फारम १८ गतेसम्म भर्न सक्नेछन् । १८ गतेपछि सहभागी हुनेले भने ३० दिनको अवधिमा नियमित रूपमा सिकाइमा समय छुट्याउनु पर्ने आयोजककले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.