दशैं-तिहारमा बैंकरलाई १३ दिन बिदा, कुन-कुन दिन बस्न पाउँछन् घर ?

  २०८१ असोज १७ गते १४:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरूका लागि दशैं तथा तिहारको बिदाको व्यवस्था गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि दशैं तथा तिहारमा ११ दिन बिदा दिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले गरेको व्यवस्थाका अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले दशैंमा ६ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले असोज महिनामा घटस्थापनादेखि दशैंसम्म ६ दिन बिदाको व्यवस्था गरेको हो । आज घटस्थापनाको दिनमा बैंकका कर्मचारीहरु बिदामा छन् । आज बैंक तथा वित्तीय संस्थाहरू बन्द छन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले १७ गते घटस्थापनाका दिन पाएको बिदासहित दशैंमा ६ दिन बिदाको समय तोकिएको छ । असोज २४ गतेदेखि कर्मचारीले बिदा पाउनेछन् भने असोज २८ गतेसम्म सो बिदा हुनेछ । असोज २९ गतेदेखि भने बैंक तथा वित्तीय संस्थाहरू खुल्नेछन् ।

नेपाल राष्ट्र बैंकले तिहारमा पनि बिदाको व्यवस्था गरेको छ । तिहारमा कात्तिक १५ गतेदेखि १९ गतेसम्म कर्मचारीहरूले बिदा पाउनेछन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तिहारमा पनि ५ दिन बिदा पाउनेछन् । १८ गते भाइटिका छ । त्यसको पछिल्लो दिन कात्तिक १९ गते राष्ट्र बैंकले बिदा दिएको छ । सो दिन सार्वजनिक बिदा नै हो ।

राष्ट्र बैंकले कर्मचारीहरूका लागि छठ पर्वको बिदाको पनि व्यवस्था गरेको छ ।

कात्तिक २२ गते छठ पर्व र २५ गते फाल्गुनन्द जयन्तीको बिदा छट्याइएको छ । २५ गतेको बिदा भने किरात धर्ममा आस्था राख्ने कर्मचारीले मात्रै बिदा पाउनेछन् । यस्तै, ३० गते पनि बिदा गरेको छ । कात्तिक ३० गते गुरु नानक जयन्ती छ । तर, सो दिन नेपाली शिख धर्माबलम्बी कर्मचारीहरूको लागि मात्रै बिदा हुने जानकारी राष्ट्र बैंकले गराएको छ ।

राष्ट्र बैंकले सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानविशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरूको हकमा सम्बन्धित कर्मचारीहरूले स्वयम घोषणा गरी सम्बन्धित विभाग, कार्यालय वा शाखामा अग्रिम जानकारी गराउनुपर्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.