भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन बनाउन १५ अर्ब रुपैयाँ अनुदान दिने

  २०८१ असोज १७ गते १५:०४     विकासन्युज

काठमाडौं । भारत सरकारले नेपालमा दुई पेट्रोलियम पाइपलाइन बनाउने भएकाे छ। भारत सरकारको अनुदानमा पाइपलाइन बन्ने निश्चित भएको हाे ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमारबीच बिहीबार सम्झाैता भएकाे छ ।

पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माणसम्बन्धी सम्झौताअनुसार ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र १८ हजार ९ सय किलोमिटर क्षमताको ग्रिनफिल्ड टर्मिनल बन्न लागेकाे हाे ।

साथै अमलेखगञ्जबाट चितवनको लोथरसम्मको पाइपलाइन परियोजनासमेत निर्माण हुने भएकाे छ ।

निगमका अनुसार परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.