श्री एयरलाइन्सले भोलिबाट काठमाडौं-भरतपुर उडान भर्ने

  २०८१ असोज १७ गते १९:१३     विकासन्युज

 

चितवन । श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौं-भरतपुर–काठमाडौं रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।

‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौं,’ कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुईवटा उडान हुनेछ ।’

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ ।

उनका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर-काठमाडौं-भरतपुर रुटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.