दरबारमार्गमा देशकै ठूलो २५ तले होटल बन्दै, मीन बहादुर गुरुङ र उमेश श्रेष्ठले किने अन्नपूर्ण होटलको सेयर

  २०८१ असोज १७ गते २२:१४     विकासन्युज

काठमाडौं । दरबारमार्गमा रहेको अन्नपूर्ण होटलको बहुमत सेयर व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले खरिद गरेपछि होटल नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको छ । पाँच तारे अन्नपूर्ण होटललाई पुनर्निमाण गरेर नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्नका लागि सम्झौता पनि भएको छ ।

भाटभटेनीका सञ्चालक गुरुङ र लिटिल एन्जल्सका सञ्चालक श्रेष्ठ समूहले होटलको बहुमत सेयर खरिद गरेपछि यो होटललाई अन्नपूर्ण स्वायर बनाएर नयाँ ब्राण्डिङ गरिने भएको हो । अब अन्नपूर्णले भारतीय आईटीसी वेलकम भित्र्याउने भएको हो ।

बिहीबार अन्नपूर्ण स्क्वायर र भारतीय चेन होटल आईसीटी हस्पिटालिटीबीच सम्झौता भएको हो । अब पूरानो अन्नपूर्ण होटलको भवनहरू भत्काएर नयाँ भवन निर्माण गरिने बताइएको छ । होटलको सम्पूर्ण संरचना निर्माण गरेर २०८५ को वैशाखसम्म सञ्चालनमा ल्याइसक्ने तयारी रहेको बताइएको छ ।

नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने अन्नपूर्ण स्क्वायरलाई दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य रहेको गुरुङले जानकारी दिए । उनका अनुसार होटलमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने अनुमान छ । उनले होटल २५ तल्लाको हुने पनि बताए ।

होटलमा एकै पटक ६ हजार मानिस अटाउने ठूला तीन हल, ४० वटा अपार्टमेन्ट, र ३३० वटा कोठा रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.