अरूण भ्याली हाईड्रोको लाभांश घोषणा, सेयरधनीको भेला कात्तिक १४ गते डाक्यो

  २०८१ असोज १८ गते ७:२७     विकासन्युज

काठमाडौं । अरूण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद गरी कुल ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश पारित गर्न २७औँ वार्षिक साधारण सभा कात्तिक १४ गते बिहान ११ बजे काठमाडौंमा बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी तथा जारी पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने, नियमनकारी निकायबाट सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ ।

साथै सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थासँग गरिएको ऋण सम्झौतामा कर्पाेरेट ग्यारेन्टी दिने प्रस्ताव पारित गर्नेछ ।

संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ४ गतेसम्म नेपाल स्टक एक्चेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.