विश्वभरको सेयर बजारमा ठूलो गिरावट, बेजोसलाई उछिन्दै विश्वको दोस्रो धनी बने जुकरबर्ग

  २०८१ असोज १८ गते ११:२५     विकासन्युज

काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका कारण बिहीबार विश्वभरका सेयर बजारमा गिरावट आएकाे छ । जसका कारण धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ ।

शीर्ष २० मा केवल तीन धनी व्यक्तिको कुल सम्पत्ति बढेको छ। जसमा फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग, एनभीडीयाका सीईओ जेन्सेन हुआङ र डेल कर्पोरेशनका माइकल डेल सामेल छन् ।

यससँगै जुकरबर्ग विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । एसियाका सबैभन्दा धनी मुकेश अम्बानी र गौतम अडानीलाई ठूलो नोक्सान भएको छ ।

बिहीबार जुकरबर्गको कुल सम्पत्ति ३ अर्ब ४३ करोड डलरले बढेको छ र उनी २०६ अर्ब डलरसहित विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । यस वर्ष उनको कुल सम्पत्ति सबैभन्दा बढी ८९. १ बिलियनले बढ्यो ।

एलन मस्क २५६ अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । जेफ बेजोस २०५ अर्ब डलरको सम्पत्तिसहित तेस्रो स्थानमा झरेका छन् भने फ्रान्सका व्यापारी बर्नार्ड अर्नाैल्ट १९३ अर्ब डलरसहित चौंथो स्थानमा छन् ।

अम्बानी-अदानीको अवस्था

यसैबीच रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी १४ औं स्थानमा झरेका छन् । रिलायन्स इन्डस्ट्रिजको सेयरमा बिहीबार गिरावट आउँदा अम्बानीको कुल सम्पत्ति ४ अर्ब २९ करोड डलरले घटेको छ । अहिले उनको कुल सम्पत्ति १०७ अर्ब डलर छ । यो वर्ष उनको कुल सम्पत्ति १०.५ बिलियन डलरले घटेको छ ।

अदानी समूहका अध्यक्ष गौतम अडानीको कुल सम्पत्ति २.९३ अर्ब डलरले घटेर १०० अर्ब डलरसहित १७ औं स्थानमा झरेको छ । यो वर्ष उनको कुल सम्पत्ति १६. १ बिलियन डलरले बढेको छ। एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.