खल्तीबाट ‘सारेगमप लिल च्याम्प्स २’ को भोटिङ सजिलै गर्न सकिने

  २०८१ असोज १८ गते १३:०८     विकासन्युज

काठमाडौं । नेपालको मोबाइल वालेट तथा भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ‘सारेगमप लिल च्याम्प्स’ नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको छ ।

खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई एपमार्फत सजिलै भोट गर्न सक्नेछन् ।

पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शोको एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स ’ को दोस्रो संस्करण यही मङ्सिरबाट स्पेश फाेर के च्यानल र डोको प्लेटफर्म मार्फत प्रसारण हुनेछ ।

यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहने छन् ।

आईएसओ २७००१:२०१३ बाट मान्यता प्राप्त खल्ती आफ्नो सेवाको आठौं वर्षमा छ ।

खल्तीमा देशभरिका ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेकाे कम्पनीले जनाएकाे छ ।

खल्तीले डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.