लिबर्टी माइक्रो लाइफ र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झौता

  २०८१ असोज १८ गते १३:५३     विकासन्युज

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झाैता भएकाे छ ।

सम्झौताको मुख्य उद्देश्य दुवै पक्षका ग्राहकहरूलाई विशेष लाभ उपलब्ध गराउनु हो।

यस सम्झौताअनुसार ब्लूबर्ड इन्टरनेशनल क्लिनिकले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका ग्राहक, कर्मचारी, एजेन्ट र उनीहरूका परिवारका सदस्यलाई वार्षिक सम्पूर्ण शारीरिक स्वास्थ्य प्याकेजमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

के के छन् छुटहरू?

प्याथोलोजी/ल्याब परीक्षणहरूमा २०%

एक्स-रे, ईसीजीमा २५%

साना शल्यक्रियात्मक प्रक्रियामा १५%

फिजियोथेरापीमा २५%

यूएसजी/इको/टिएमटी/पीएफटी तथा बीएमडीमा १०%

दन्त चिकित्सा सेवाहरूमा २०%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.