एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्सको वार्षिक बैठक स्थगित

  २०८१ असोज १८ गते १६:५४     विकासन्युज

काठमाडौं । एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स (एएफआईआर)को वार्षिक बैठक तथा सम्मेलन स्थगित भएको छ । असोज २१ गतेदेखि काठमाडौंमा हुने भनिएकाे उक्त सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको हो ।

उक्त कार्यक्रम बाढी-पहिरोका कारण स्थागित गरिएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

एएफआईआरको सचिवालयले बाढी-पहिरोबाट असहज अवस्था सिर्जना भएकाले निर्धारित मितिमा सम्मेलन गर्न असहज हुने भनी स्थगितका लागि प्राधिकरणलाई अनुरोध गरेको थियो । प्राधिकरणले एएफआईआरको अनुरोधअनुसार कार्यक्रम स्थगित गरेको जनाएको छ ।

असोज २३ गतेका लागि तय भएको साधारणसभाको भर्चुअल माध्यमबाट हुने सत्र भने सोही मितिमा नै सञ्चालन हुने पनि प्राधिकरणले जनाएको छ  ।

स्थगित सम्मेलन आयोजनाका लागि नयाँ मिति तय भएपछि जानकारी गराउने प्राधिकरणले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.