कृषि उद्योगको दिगो विकासका लागि एकदिने गोष्ठी सम्पन्न, वास्तविक किसानलाई अनुदान दिनुपर्नेमा जोड

  २०८१ असोज १८ गते १९:२४     विकासन्युज

काठमाडौं । कृषि उद्योगको दिगो विकास र प्रवर्द्धनका लागि एक दिने गोष्ठी सम्पन्न भएको छ ।

शुक्रबार ललितपुरमा कृषि उद्योगको दिगो विकास र प्रवर्द्धनका लागि सरोकारवालाहरूसँग एक दिने गोष्ठी सम्पन्न भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नेपालको कृषि क्षेत्रलाई परिवर्तन गर्नसक्ने विज्ञहरूले सम्मेलनमा बताए । उनीहरूले नेपालले कृषिको क्षेत्रमा थप अध्ययन र अनुसन्धान गर्न जरुरी रहेको उल्लेख गरे ।

कृषि क्षेत्रको विकासका लागि किसानका समस्यालाई पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने विज्ञहरूले सुझाव दिए ।

उनीहरूले वास्तविक किसानको पहिचान गरी उनीहरुलाई सहुलियत, राहत र अनुदान दिनुपर्ने बताए ।

किसान र कृषि क्षेत्रलाई बलियो बनाउन किसानका उत्पादनहरूलाई बजारीकरण गर्नुपर्ने विज्ञहरूको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.