संसारभरि सेयर बजारमा गिरावट, धनीहरूको सम्पत्तिमा के भयो उतारचढाव ?

  २०८१ असोज १९ गते ११:५०     विकासन्युज

काठमाडौं । यो साता भारतको सेयर बजारमा गिरावट आएको छ । यस अवधिमा सेन्सेक्स ४००० अंकभन्दा बढीले घट्यो र लगानीकर्ताहरूले १ सय ६० खर्ब रुपैयाँ गुमाए ।

शुक्रबारको गिरावटका कारण देशका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नेटवर्थ १६ अर्ब ६२ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ३६ खर्ब १२ करोड रुपैयाँले घटेको छ । योसँगै उनको कुल सम्पत्ति १ खर्ब ५ अर्ब डलरमा झरेको छ ।

देशको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीमा १४औं र एसियामा पहिलो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ८ अर्ब ९३ करोड डलरले बढेको छ ।

यसैबीच अडानी समूहका अध्यक्ष गौतम अडानी १ खर्ब डलर क्लबबाट बाहिरिएका छन् । शुक्रबार उनको कुल सम्पत्ति ९ करोड ४० लाख डलरले घट्यो र उनी १८औं स्थानमा झरेका छन् । योसँगै उनको कुल सम्पत्ति ९९ अर्ब ५० करोड डलरमा झरेको छ । यस वर्ष उनको कुल सम्पत्ति १५ अर्ब २० करोेड डलरले बढेको छ ।

उता, विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टका संस्थापक वाल्टन परिवारका तीन सदस्यको नेटवर्थ अहिले अडानीको भन्दा बढी छ । यसमा जिम वाल्टन (१ खर्ब ३ अर्ब डलर), रोब वाल्टन (१ खर्ब र एलिस वाल्टन ९१ खर्ब) पर्छन् ।

अमेरिकी सेयर बजारमा शुक्रबार निकै वृद्धि भएको छ । जसका कारण त्यहाँका धनीहरूको नेटवर्थ निकै बढेको छ । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कको कुल सम्पत्ति ६ अर्ब ७३ करोड डलरले सबैभन्दा बढी वृद्धि भएको छ । उनी २ खर्ब ६३ अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन् ।

मार्क जुकरबर्ग २ खर्ब ११ अर्ब डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा र जेफ बेजोस २ खर्ब ९ अर्ब डलरका साथ तेस्रो स्थानमा छन् ।

यस्तै, बर्नार्ड अर्नाल्ट १ खर्ब ९३ अर्ब डलरसहित चौथो, पाँचौमा ल्यारी एलिसन १ खर्ब ८३ अर्ब डलर, छैठौंमा बिल गेट्स १खर्ब ६१ अर्ब डलर, सातौंमा ल्यारी पेज १ खर्ब ५१ अर्ब डलर, आठौंमा वारेन बफेट १ खर्ब ४६ अर्ब डलर, नवौंमा स्टिभ बाल्मर १ दर्ब ४५ अर्ब डलर र सर्गे ब्रिन १ खर्ब ४२ हर्ब डलरसहित दशौं स्थानमा छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.