नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डले आईपीओ जारी गर्ने

  २०८१ असोज १९ गते १३:१२     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड (नआईआईएफ) बीच आईपीओका लागि परामर्श सेवा प्रदान गर्न सहमति भएको छ ।

लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डका कार्यकारी अध्यक्ष डा. मनीष थापाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड लिमिटेडले कृषि, नविकरणीय उर्जा, पर्यटन, सूचना प्रविधि (आईसीटी), स्वास्थ्य सेवा र उत्पादन क्षेत्रका कम्पनीहरूमा लगानी गरिरहेको छ ।

एनआईआईएफ २०७९ साल कात्तिक २९ मा दर्ता भएको थियो र यसको पहिलो लगानी २०७९ साल माघ ५ मा सम्पन्न भएको थियो । यस फण्डको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १ अर्ब २० करोड रुपैयाँ छ, जसको २० प्रतिशत शेयर आगामी आईपीओका लागि सुरक्षित राखिएको छ ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसलाई लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलको मर्जरबाट स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.